१५ न्यायाधीशलाई इजलासमा फर्काउन परमादेश माग्दै रिट दायर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध उत्रिएका १५ न्यायाधीशलाई इजलासमा फर्काउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

सर्वोच्च सुधारका लागि विधि नबसालेको, राजनीतिक अनुचित लाभ लिएकोजस्ता आरोप लगाउँदै प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएका १५ न्यायाधीशलाई इजलासमा फर्काउन माग गर्दै रिट दायर भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको रिटमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.