काठमाडौं । संघीय संसदका दुवै सदनको चालू अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।
कातिक ११ को मन्त्रिपरिषदको सिफमारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) १२ बजेबाट संसदका दुवै सदन अधिवेशन अन्त्य भएको घोषणा गरेसँगै संसदका दुवै सदन अन्त्य भएका हुन् ।
संविधानको धारा ९३ को उपधारा २ मा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्न सक्ने व्यवस्था छ ।
