काठमाडौं । पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमित थपिएका छन् । ९७४६ जनामा गरिएको नमुना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ५६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर १०१५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।