काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन र चीनको एक हिस्सा हुनुबाहेक अर्को विकल्प नभएको टिप्पणी गरेका छन् ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको 'अर्थपूर्ण' सहभागितालाई समर्थन गर्न आह्वान गरेसँगै वाङ यीले यस्तो टिप्पणी गरेका हुन् ।
ताइवानको अन्तर्राष्ट्रिय कानूनी हैसियत नभएको चीनको भनाई छ । मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको बताउँदै यदि कोही एक चीनविरुद्धमा सक्रिय रहे ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।