काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशन गर्न नसक्ने गरी बुढो भएको भनी टिप्पणी गरेका छन् ।
कातिक ६ बाट सुरु भएको एमालेको महाधिवेशनले लगभग एक चरण पार गरिसकेको, तर, भदौ १८ बाट सुरु भएको कांग्रेस वडा अधिवेशनमै अल्झिरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले यो टिप्पणी गरिरहँदा कांग्रेस महाधिवेशन पाँचौँ पटक सरिसकेको छ। सो क्रममा उनले बुढो कांग्रेस अब नेकपा एमालेसँग भीड्न नसक्नेसमेत बताए ।
'कांग्रेस महाधिवेशन गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन् । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन ।' ओलीले भने, 'कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्ने पार्टीले एमालेसँग प्रतिष्पर्धा गर्न सक्दैन ।' उनले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ महाधिवेशनमा गर्ने बताए ।