फागुन १४ मा स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्य तालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरेको छ ।

लामो समयदेखि स्ववियु चुनाव हुन नसकेको भन्दै तत्काल मिति तय गरेर स्ववियु निर्वाचन गर्न अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गरेको हाे । आइतबार अध्यक्ष सुनिता बराल सहितको टोलीले विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेटी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक पत्र बुझाएका छन् ।

विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शूल्कभन्दा त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शूल्क निर्धारण गरेको भन्दै त्यो मान्य नहुने र तत्काल फिर्ता लिन पनि माग गरेको छ ।

अनेरास्ववियुको मागपत्रः

© 2021 Quicknepal.com  |  All Rights Reserved.