काठमाडौं । न्यायालय शुद्धीकरणको माग राख्दै वकिलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध धर्नालाई आज पनि निरन्तरता दिएका छन् ।
सर्वोच्च अदालतको प्रांगणमा हातमा कालो पट्टी बाँधेर महिला कानून व्यवसायीले आज पनि धर्ना दिएका हुन् । धर्नामा महिला वकिलहरु अग्रपंक्तिमा छन् भने अरु कानून व्यवसायी र बारका अधिकारी भने पछाडि छन् ।
नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याललगायत महिला कानून व्यवसायीले विरोधको अगुवाई गरिरहेका छन् । हातमा कालो पट्टी बाँधेर गर्ने नेपाल बारको विरोधको पहिलो चरणको आन्दोलन आज अन्तिम दिन हो ।