काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध गराएकी छिन् ।
बुधबार राजदूत यान्छीले मन्त्रालयलाई १० लाख भेरोसेल खोप उपलब्ध गराएकी हुन् ।
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई थप ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत राजदूत यान्छीले जनाएकी छिन् । खोप डिसेम्बर ५ मा काठमाडौंमा आइपुग्ने भएको छ ।
चीनले अहिलेसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा दिएको छ । नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ ।