सरकारले न्यायपालिकाकाे समस्या समाधान गर्नु पर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले न्यायपालिकाकाे समस्या समाधान गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता सिंहले बताएका हुन् । न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनु पर्ने उनको भनाई छ । 

‘नेताहरु न्यायालयले नै गर्नुपर्छ भन्छन्। पार्टीहरुले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्। सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेतिथिमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ? कसको जिम्मा त ? कसले- प्रधानन्यायाधीशले गर्ने ?’ सिंहले प्रश्न गरे, ‘जो आफैं विवादको केन्द्रविन्दुमा छ, न्यायालयले मात्रै गर्छ ? यो त सरकारको काम हो। सरकारले गर्नुपर्ने काम नगर्ने ? खालि भाग्दै हिँडेर हुन्छ ? समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ।’

केही दिनदेखि न्यायालय सुद्धीकरणको माग राख्दै न्यायाधीश तथा बार आन्दोलित छन् । प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.