सुर्खेत । सल्यानबाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सल्यानको जैसपानीबाट दाङतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा करिब १२ बजे दुर्घटना भएको सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए ।
उनका अनुसार बस दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । दुर्घटनाको कारण तीव्र गति हुन सक्ने अनुमान गरिएकाे छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको बताए ।