काठमाडौं । न्यायाधीशहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश राणाले आफैँलाई इजलास तोकेपछि उनीहरु छलफलमा जुटेका हुन् । सोमबारका लागि प्रधानन्यायाधीश राणाले आफूसहित ६ वटा एकल र संयुक्त इजलास तोकेका थिए ।
अन्य न्यायाधीश छलफलमा जुटिरहेका बेला प्रधानन्यायाधीशले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल भने सहभागी भएका छन् ।
राणाविरुद्धको आन्दोलनमा न्यायाधीशहरु मात्रै नभएर नेपाल बार एसोसिएसन पनि आन्दोलित छन् ।