काठमाडौं । गठबन्धनले सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने तयारी गरेको छ ।
सोमबार बोलाइएको पाँच दलीय गठबन्धनको बैठकले समन्वय समिति बनाउने तयारी गरिएको हो । सत्तारुढ गठबन्धनमा आबद्ध शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो । तर त्यसको विरोध भएको थियो । बैठक ५ बजे बोलाइएको छ ।
पाँच दलीय गठबन्धनमा रहेका चार दल सरकारमा छन् । गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।
एक स्रोतका अनुसार समन्वय समितिमा तीन/तीन शीर्ष नेता समावेश हुनेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा कोप-२६ भा भाग लिएर स्वदेश फिर्तापश्चात् बस्न लागेको गठबन्धनलाई निकै महत्वका साथ हेरिएको छ ।