काठमाडौं । नेपाल बार एशोसिएनको आन्दोलनविरूद्ध विरोधमा उत्रिएका तीन महिला पक्राउ परेका छन् ।
मंगलबार प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको पक्षमा उत्रिएका तारा बरालसहित तीन महिला पक्राउ परेका हुन् । उनीहरु बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न बार पुगेका थिए । उनीहरुलाई प्रहरीले बारको गेटबाट पक्राउ गरेको हो । उनीहरूले आफूलाई अभियान्ता भएको भनी परिचय दिएका छन् ।
विदेशीको पैसा खाएर न्यायालयविरूद्ध उत्रिएको भन्दै उनीहरू बार कार्यालयमा तालाबन्दी गर्न अघि बढेपछि प्रहरीले पक्राउ गरेको हो ।
केही दिनयता न्यायालय सुद्धीकरणको माग गर्दै आन्दोलन भइरहेको छ ।




