काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र राणाले मुद्दाको सुनुवाइ गरेका छन् ।
कात्तिक ८ गते देखि राजीनामा माग गर्दै सहकर्मी १९ न्यायाधीशहरुले आफूले तोकेको इजलासमा नआएपछि राणा आफैंले मात्र सुनुवाइ गरेका हुन्।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रणाले १० वटा इजलास तोकेका थिए । तर, प्रधानन्यायाधीशको यो कदमलाई न्यायाधीशहरुले सहमतिविपरीत भन्दै सुनुवाइ गरेनन् ।
न्यायाधीशहरू तेजबहादुर केसी र मनोज शर्माको इजलासमा बन्दीको एउटा मुद्दा थियो। उक्त मुद्दा सुनुवाइ गरेपनि न्यायाधीशहरूले अन्य मुद्दाको सुनुवाइ भने बहिष्कार गरे।
राणाले यसअघि आन्दोलनरत न्यायाधीशहरूसँग आफ्नो इजलास नतोक्ने र बन्दीका मात्र मुद्दा तोक्ने सहमति गरेका थिए ।