प्रदेश १,कर्णाली र सुदूरपपश्चिम प्रदेश प्रमुख परिवर्तन हुँदै

काठमाडौं । सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन हुने भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम मंगलबार तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । 

नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशी परिवर्तन हुँदै छन् । 

परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्। मन्त्रिपरिषद्ले प्रदेश १ का सोमनाथ अधिकारी,कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाउने निर्णय गरेको हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.