काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आर्थिक विचलनमा लिप्त भएको आरोप लगाएका छन् ।
मंगलबार संवैधानिक कानून व्यवसायी मञ्चले गरेको 'न्यायपालिकाको वर्तमान संकट एवं निकास' विषयक अन्तरक्रियाका क्रममा राणामाथि उनले आरोप लगाएका हुन् ।
वरिष्ठ अधिवक्ता थापाले भने, 'अहिलेको जो प्रधानन्यायाधीश हुनुहुन्छ पैसामा लिप्त हुनुभयो, आर्थिक विचलनमा लिप्त हुनुभयो ।' अब प्रष्ट रूपमा प्रधानन्यायाधीश भ्रष्टाचार गर्छन् भन्ने बेला आएको उनको भनाइ थियो ।
सो क्रममा उनले आफूलाई नबोल्न आग्रह गरेको पनि खुलासा गरेका छन् । ‘यो अति पनि अति र ? तपाईं नबोलिदिनुस्, मान्छे पठाइदिन्छु भन्छन्,' उनले भने ।