२०७७ को ‘मदन पुरस्कार’ भगीराज इङ्नामलाई

काठमाडौं । २०७७ को ‘मदन पुरस्कार’बाट लेखक भगिराज इङ्नाम सम्मानित भएका छन् । त्यसैगरी, जगदम्बा श्री सम्मान नृत्यशास्त्री भैरव बहादुर थापालाई प्रदान गरिएको छ । 

बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरेका हुन् ।
लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का मदन पुरस्कार दिइएकाे हो ।

साथै नृत्यशास्त्री थापालाई छ दशकभन्दा बढी नेपाली नृत्यमा गरेको योगदानका लागी जगदम्बाश्री हस्तान्तरण गरिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.