काठमाडौं । न्यायालय सुद्धीकरणको माग राखेर आन्दोलनरत कानून व्यवसायीहरुले शुक्रबार १० बजेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् ।
बिहीबार आन्दोलनमा उत्रिएका कानून व्यवासयीहरुमाथि लाठीचार्ज हुँदा घाइते कानून व्यवसायीहरुले आन्दोलन भोलि १० बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बिहीबार प्रदर्शनका क्रममा कानून व्यवसायी र प्रहरीबीच भएको ठेलामठेलमा परी ६ जना घाइते भएका छन् ।