जबराको निर्देशनमा कानून व्यवसायीमाथि आक्रमण भयो : बार

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ ।

बिहीबार भएको झडपश्चात् बार पदाधिकारीले एक विज्ञप्ति जारी गर्दै सो बताएको हो ।

‘प्रधानन्यायाधीशले विभिन्न बिचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरी लोकतन्त्रप्रेमी, न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलीमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको’ बार एशोसिएशनको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.