वैकल्पिक बाटो प्रयोग गरेर प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सर्वोच्च प्रवेश गरेका छन् । मूलगेटममा कानुन व्यवसायीले मूल गेटमा आन्दोलन गरिरहँदा उनी कडा सुरक्षाका साथ अन्य गेट हुँदै सर्वोच्च प्रवेश गरेका हुन् । 

पूर्वघोषित कार्यकक्रमअनुसार कानुन व्यवासयीको आन्दोलन जारी छ । आन्दोलन जारी रहेकै बेला केही व्यक्ति र कानुन व्यवासयीबीच धकेलाधकेल समेत भएको थियो । जसका कारण उनीहरुलाई प्रहरील पक्राउ गरिसकेको छ । 

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् ।

जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए । अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए ।

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.