काठमाडौं । सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाइएको छ । बारद्वारा घोषणा गरिएको आन्दोलनको आँकलन गरी शुक्रबार बिहानैबाट सर्वोच्चमा सुरक्षाकर्मी खटाइएका थिए ।
आन्दोलनस्थलबाट बार महासिचव लीलामाणि पौडेलले गृहमन्त्री बालकृष्ण खाँडलाई फोन गरी सुरक्षाकर्मी हटाउन अनुरोध गरेका थिए ।
सोभन्दा अघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बारको आन्दोलनमा हस्तक्षेप नगर्न निर्देशन दिएका थिए ।
केही दिनदेखि न्यायालय सुद्धीकरणको माग गर्दै सर्वोच्चमा आन्दोलन जारी छ । सोही क्रममा बिहीबार सुरक्षाकर्मी र कानुन व्यवसायीबीच सामान्य झडप भएको थियो । झडपका क्रममा केही कानुन व्यवसायी घाइते भएका थिए ।
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने कानुन व्यवसायीको माग छ ।