काठमाडौं । शुक्रबार कानुन व्यवासयीको आन्दोलन चलिरहेका बेला एकाएक आन्दोलनरत व्यवसायीमाथि केही महिला र पुरुष बिचौलियाको संज्ञा दिँदै जाइलागे । सोसँगै उनीहरु र आन्दोलनरत कानुन व्यवसायीबची धकेलाधकेल भयो ।
कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायत आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका बेला तारा बरालको समूहमा आएको समूहले कानुन व्यवसायीमाथि हमला गरेपछि परिस्थिति बदलिएको थियो ।
सोपश्चात् उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
पक्रउ पर्नेहरु प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका पक्षधर ‘अभियन्ता’ भएको बुझिएको छ । सर्वोच्च परिसरमा उनीहरुले ‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायधीश जिन्दावाद’ जस्ता नारा लगाएका थिए।