दलहरुलाई अधिवक्ता थापाको प्रश्न : भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ? 

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले दलहरुलाई स्वच्छ प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ भन्दै प्रश्न गरेका छन् । 

दलहरु बोल्नुहुन्छ कि हुन्न ? तपाईंलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ भन्दै दलहरुलाई प्रश्न गरेका हुन् । 

उनले राजनीतिक दल र सरकारलाई यस्तो प्रधानन्यायाधीशलाई अब सरकारले सुरक्षा दिएर नराख्ने घोषणा गर्नसमेत सुझाव दिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणा सुरक्षाकर्मीको बलमा सर्वोच्च छिरे पनि केही गर्न नसक्ने बताए ।

शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधनका क्रममा थापाले यस्तो बताएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.