काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा आफूहरू नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा नेता रायमाझीले यस्तो बताएका हुन् । ‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेतिर एमालेको सोच छैन । प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेर समस्याको समाधान हुँदैन,’ सो क्रममा उनले भने ।
सो क्रममा पार्टी फुटाउनका लागि अध्यादेश ल्याइएको बताउँदै उनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धनको सरकारले गरेको बताए ।
त्यसैगरी, उनले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसिसी)मा भएका गलत प्रावधान हटाएर मात्रै संसद्बाट पारित गरिनुपर्ने उनको धारणा छ ।