धनुषाको देवपुरा रुपैठामा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा निषेधाज्ञा गरेको छ । 

शनिबार सो क्षेत्रमा हिन्दू र मुस्लिमबीच भएको मनमुटावका कारण असहज परिस्थितिको आँकलन गर्दै धनुषाले निषेधाज्ञा जारी गरेको हो । 

देवपुरा रुपैठामा छठ पर्वका दिनदेखि हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा समाजिक सद्भाव खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेकाले निषेधाज्ञा लगाइएको उल्लेख छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.