काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । शनिबार एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा कार्यक्रम छाडेर घरै बसेका उनी केहीबेर अघि मात्रै अस्पताल भर्ना भएका हुन् । रक्तचाप बढेपछि उनी अस्वस्थ भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।
‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ छोरी गंगा दाहालले सामाजिक सञ्चालमा लेखेकी छिन् ।