काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्चमा प्रवेश गरेका छन् । कानून व्यवसायीको अवरोधका बीच उनी वैकल्पिक बाटो र प्रवेशद्वारको प्रयोग गरेर उनी सर्वोच्च प्रवेश गरेका हुन् ।
चोलेन्द्र शमशेर सर्वोच्च प्रवेश गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा ठेलमठेल भएको थियो ।
नेपाल बार प्रांगणमा भेला भएर सर्वोच्च अदालततिर अगाडि बढ्न खोजेका कानून व्यवसायीलाई रोक्न लाग्दा केहिबेर तनावको स्थिति सृजना भएको थियो । आन्दोलनकारीले बोकेको स्पिकर प्रहरीले खोसेको थियो ।