सर्वोच्च अदालत परिसरमा तनावपूर्ण स्थिति

काठमाडौं । सर्वोच्च अदालत परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । न्यायालय सुद्धीकरणको माग राख्दै कानुन व्यवसायीले गरेको आन्दोलन जारी रहेका बेला नागरिकको न्याय रोक्न पाइँदैन पाइँदैन भन्दै बाहिर नारा जुलुस हुँदा सर्वोच्च अदालत तनावपूर्ण बनेको हो ।

नाराबाजी गर्दै आएकाहरुमाथि प्रहरीबीचले लाठीचार्ज गरेको छ । 

त्यसैगरी सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले नाराबाजी गरिरहेका छन् ।  प्रहरीले माइकिङ गर्दै कानुन व्यवसायीलाई संयमित हुन आग्रह गर्दै अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ । 

कानुन व्यवसायीहरुले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको थियो । त्यसपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.