सर्वोच्च परिसरको अवस्था सामान्य 

काठमाडौं । सर्वोच्च परिसरको अवस्था सामान्य भएको छ ।  नागरिकको न्याय मार्न पाइँदैन भन्दै नाराबाजी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको हो ।

कानून व्यवसायीको सर्वोच्च अदालत परिसरमा आन्दोलन जारी रहेका बेला नागरिकको न्याय मार्न पाइँदैन भन्दै बाइक र्‍याली सर्वोच्च परिसरमा आएको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । 

कानून व्यवसायीको आन्दोलन भने जारी छ । कातिक ३० गतेसम्म प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने कानून चेतावनी दिएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.