काठमाडौं । कानुन व्यवसायीको आन्दोलन भोलि अर्थात् सोमबार १० बजेसम्मका लागि स्थगित भएको छ।
न्यायाल सुद्धीकरणको माग राखी प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुले आन्दोलन सोमबारसम्मका लागि स्थगित गरेका हुन् ।
व्यवसायीले आइतबार पनि सर्वोच्च परिसरमा धर्ना दिएका थिए ।
आइतबार कानुन व्यवासायीले प्रदर्शन गरिरहेका बेला नागरिकको न्याया मार्न पाइँदैन भन्दै प्रदर्शनकारीले सर्वोच्च परिसरमा उत्रिएका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही ठेलामठेलसमेत भएको थियो । सोपश्चात् न्यायाललय परिसरमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।
प्रहरीले आज पनि केही प्रदर्शनकारीलाई प्रकाउ गरेको छ ।