काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलन दबाउन भिजिलान्ते प्रयोग गरेको आरोप लगाएका छन् ।
आइबार सर्वोच्च परिसरमा आयोजित विरोधसभालाई संबोधनका क्रममा उनीहरुले प्रधानन्यायाधीशमाथि सो आरोप लगाएका हुन् ।
आइतबार कानुन व्यवसायीको आन्दोलन जारी रहेका बेला नागरिकको न्याय मार्न पाइँदैन भन्दै प्रदर्शन भएको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच भीडन्तसमेत भएको थियो ।
उनले प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ दिएर बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताए । उनले भ्रष्टाचारको रकम प्रयोग गरेर यसरी प्रतिकार समूह खडा गर्न खोजिएको आरोपसमेत लगाए ।