काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाको खोजी र प्रकाशन गुर्नु आजको आवश्यक्ता भएको उनको भनाइ छ ।
आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवर्द्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे ।
‘आगामी दिनमा पनि प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतिका क्षेत्रमा थप प्रयास गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरु छन्, प्रत्येक जाती र संस्कृतिसँग जोडिएका अनगिन्ति प्राज्ञिक कुराहरु छन्, नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका कयौँ सम्पदाहरु छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो।’