काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खस्दा स्थानीय त्रसित बनेका छन् । मुस्ताङ जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको थियो ।
तर, हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएका छन्। शर्माका अनुसार अहिलेसम्म उनीहरुको खुट्टा भाँचिएको र मर्किएको विवरण आएको छ।
उनीहरुलाई अहिले जोमसोमस्थित अस्पताल पठाइसकिएको प्रजिअ शर्माले बताएका छन्। 'यहाँ अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन', उनले भने, 'तर चौंरीको चरन भएकाले त्यहाँ केही चौंरी परेको हुन सक्छ।'