काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रर्दशन गरेका छन् । सरकारले ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि सोको विरुद्धमा सत्तारुढ विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन् । केही दिनदेखि उनीहरुको प्रदर्शन जारी छ ।
प्रदर्शनकारीले मलाई बल्न देऊ, आयल निगमका प्रमुख सुरेन्द्र पौडेललाई बर्खास्त गर, आयल निगमले व्यापार गर्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन लगायतका प्लेकार्ड बोकेका छन् ।
संयुक्त विद्यार्थीले गरेको आन्दोलनमा आयल निगमका प्रमुखलाई बर्खास्त गर्न, कालोबजारी नियन्त्रण गर्न माग गरिएको छ ।