काठमाडौं । न्यायपालिका शुद्धीकरणको माग राख्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशले श्वेतपत्र जारी गर्ने भएका छन् ।
जनताको मुद्दा नहेरेर न्यायाधीशहरुले किन आन्दोलन गर्ने भनी प्रश्न उठिरहेका बेला सोलाई चिर्न श्वेतपत्र जारी गर्न लगेका हुन् ।
जनताको मुद्दा नै नहेरेर कुनै व्यक्तिको राजीनामा लागेका भनेर प्रश्न उठ्न थालेपछि न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको एक न्यायाधीशले बताए ।
प्रधानन्यायाधीशले राजीनामा पनि नदिने र न्यायाधीशहरूले निरन्तर बेञ्च बहिष्कार गरिरहँदा जनतामाझ सही सूचना प्रवाह हुन नसकेका कारण सोलाई चिर्न श्वेतपत्र जारी गर्न लागिएको उनले बताए ।
करिब तीन सातादेखि न्यायाधीशहरुले बेन्च बहिष्कार गरेर आन्दोलन गरिरहेका छन् । हाल सर्वोच्चका प्रधानन्यायाधीशविरुद्ध १९ जना न्यायाधीश एक ठाउँमा छन् ।