रामचन्द्र झा सचिवालय सदस्य र वंशीधर मिश्र नेकपा एसको स्थायी कमिटीमा मनोनित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बुधवार बसेको बैठकले रामचन्द्र झालाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । यस्तै डा. बंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । झालाई नेकपा एसले पार्टी प्रवेश गर्नु अघि नै मनोनित गरेका हुन् ।

डां मिश्र तत्कालिन बंगलादेशको राजदूत थिए । यस्तै रामचन्द्र झा नेकपा एस प्रवेशका लागि तयारी गरिरहेका थिए । दुबैलाई केन्द्रीय कमिटीले एकसाथ मनोनित गरेका हुन् । यस्तै बैठकले डडेलधुराबाट एमाले छाडेर एसमा प्रवेश गरेका डा. तारा जोशी, नेकपा माले छाडेका कुलप्रसाद फुयाल, निलमणी बराल लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.