प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा सहभागी नहुन नेपाल बार एसोसिएसनले १९ जना न्यायाधीशहरुलाई निर्देशन दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई छुट्टाछुट्टै पत्र पठाएर इजलासमा सहभागी नहुन बारले निर्देशन गरेको हो ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गरेर आन्दोलन जारी राखेको कारण उनैले तोकेको इजलासमा सहभागी नहुन निर्देशन गरेको बताएका छन् ।

नैतिकताले पनि बारका सदस्यहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा सहभागी हुनु हुँदैन भनेर निर्देशन गरेको बार एसोसिएसनका सचिव ऋषीराम घिमिरेले बताए ।

बारले प्रधानन्यायाधीशलाई भने पत्र पठाएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.