काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । कानून व्यवासीयद्वारा गरिएको आन्दोलनलाई छलेर उनी सर्वोच्च छिरेका हुन् ।
न्यायालय सुद्धीकरणको माग गर्दै कानून व्यवसायी आन्दोलरत छन् । सोही क्रममा सोमबार पनि कानून व्यवसायीले सर्वोच्चमा धर्ना दिएका हुन् ।
काठमाडौंमा मात्रै केन्द्रित बारको आन्दोलन आइतबारबाट देशभर सुरु भएको छ । न्यायालय सुद्धीकरणका लागि प्रधानन्यायाधीश राणाको बहिर्गमन हुनुपर्ने उनीहरुको माग छ ।
सोमबार प्रदर्शनका क्रममा कानून व्यवसायी सर्वोच्च परिसरमा प्रवेश गरेर माइकिङ गर्न थालेपछि प्रहरीले कानून व्यवसायीहरुमाथि बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले केही कानून व्यवसायीमाथि सामान्य लाठीचार्ज पनि गरेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरी अधिकृतलाई भनेका छन् ।
माइक नपाएपछि कानून व्यवसायीहरुले अघिल्लो दिनमा जस्तो प्रदर्शन स्थलमा भाषण गरेनन् ।