ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । ओखलढुंगा सुनकोशी गाउँपालिका–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मिठुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय भएको बुझिएको छ । ककनीमा एकादशी मेला भर्न जाने क्रममा सो घटना भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.