काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १६ जनामा जनामा कोरोना पुष्टि भएको छ ।
सात हजार पाँच सय ५४ मा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पछिल्लो २४ घण्टामा २ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ ।