कानून व्यवसायीले गरे आज पनि सर्वोच्च परिसरमा धर्ना

काठमाडौं । कानून व्यवसायीले मंगलबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।

न्यायालय सुद्धीकरणको माग गर्दै केही दिनदेखि आन्दोलित व्यवसायीले आज पनि सर्वोच्च परिसरमा  प्रदर्शन गरेका हुन् । उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् ।

मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ । 

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.