प्रहरीले खोस्यो वकिलहरुको माइक

काठमाडौं । आन्दोलनमा उत्रिएका वकिलहरुकाे माइक प्रहरीले खोसेको छ । सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्ने क्रम प्रहरीले उनीहरुको माइक खोसेको हो ।

प्रहरीले माइक खोसेपछि वकिलहरुले 'विचौलियाका नाइके कुर्सी छोड' भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.