सर्वोच्च परिसरमा सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडौं । सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ। केही दिनदेखि आन्दोलनरत न्यायालय परिसरभित्र सञ्चारकर्मीहरुलाई रोक लगाइएको हो । 

कानून व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरहरु सर्वोच्च परिसरबाहिर छन् । सर्वोच्चले आफैँले दिएको प्रेस पास देखाउँदा पनि उनीहरु सर्वोच्चमा रिपोर्टिङ गर्नबाट वञ्चित भएका हुन् ।

१४ दिन यता सर्वोच्चमा न्यायाल सुद्धीकरणको माग गर्दै कानून व्यवसायी आन्दोलित छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.