प्रदेश-१ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको प्रस्ताव

काठमाडौं । नेकपा एमालेले प्रदेश-१ प्रदेशसभा बैठक स्थगितका लागि प्रस्ताव गरेको छ । 

प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरिरहेका बेला उनीहरुले सो प्रस्ताव गरेका हुन् । 

त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.