किन स्थगित भयो, प्रदेश-१ का मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यक्रम

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएपछि सो बैठक मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको हो । 

मंगलबार बैठक सुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची भएको बताउँदै प्रमुख प्रतिपक्षी दल उपस्थिति नभएका कारण बैठक स्थगित भएको जानकारी दिए । 

राईले आइतबार संसदीय सचिवालय बैठकमा विश्वासको मतका लागि दर्ता गराएका थिए । योसँगै राईको विश्वासको मत लिने कार्यक्रम पनि भोलिका लागि सरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.