काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार मन्त्री पदबाट बर्खास्त गरेका हुन् । उनलाई बर्खास्त गर्नुको कारण नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन रहेको खुलेको छ।
यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर, उनले मानेका थिएनन्।
मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ। एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ।