सभामुख एमालेको निर्देशनमा चलेको मुख्यमन्त्री राईको आरोप

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी एमालेको निर्देशनमा चलेको आरोप लगाएका छन् । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद संसदमा उपस्थिति नभएपछि विश्वासको मत लिने प्रक्रिया रोकिएपछि उनले यस्तो आरोप लगाएका हुन् । 

मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

मुख्यमन्त्री राईले भने सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । प्रमुख विपक्षी दलले दुख दिने नियतले मात्र आजको बैठक रोक्न आग्रह गरेको र सभामुखले एमालेको निर्देशन मानेर बैठक स्थगित गरेको उनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.