के छ, बहुचर्चित हरिकृष्ण कार्कीको प्रतिवेदनमा ? (प्रतिवेदनसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै केही समययता सर्वोच्च परिसरमा आन्दोलन जारी छ ।

प्रधानन्यायाधीश राणामाथि बिचौलियाको आरोप लगाउँदै बार एसोसिएसन पदाधिकारी र एसोसिएसनका ७३ वटै शाखले  जिल्लामा प्रदर्शनलाई जारी राखेका हुन् । 

प्रदर्शनका क्रममा आन्दोलित कानुन व्यवसायी र सुरक्षाकर्मीबीच दिनहुँजसो झडप पनि हुँदै आएका छन् । सो क्रममा केही कानुन व्यवसायी घाइते भएका छन् । 

यो संकेतसँगै न्यायालयमा जारी आन्दोलन कहाँ गएर टुंगिएला भन्ने विभिन्न आशंका उब्जिइने क्रम जारी छ । यद्यपि, मंगलबारबाट केही न्यायाधीश इजलासमा फर्किएका छन् । त्यसैगरी न्यायाधीशहरुबीच प्रधानन्यायाधीशले गोलप्रथा कार्यान्वयन गरे शुक्रबारसम्म फूलकोर्ट बस्ने समति भएको छ । 

प्रधानन्यायाधीशको राजीनामालाई प्रमुख एजेन्डा बनाएर आन्दोलित उनीहरुको धारणा जनताको समस्यामा गम्भीर बन्नुपर्नेमा उनीहरुको जोड छ। 

जानकारहरुका अनुसार सर्वोच्च परिसरमा यस किसिमको घटना इतिहासमा यो पहिलो पटक हो । यसअघि सर्वोच्च परिसरमा यस किसिमका कुनै घटना भएका थिएनन् । 

सर्वोच्चमा यस किसिमका घटना भइरहेका बेला केही वर्षअघि हरिकृष्ण कार्कीले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न माग  गर्दै कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् । 

के छ प्रतिवेदनमा 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.