काठमाडौं । आन्तरिक छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशको छलफलले शुक्रबारसम्म ‘फूलकोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी जुटाएका छन् ।
फुटकोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए फूलकोर्ट बस्ने सहमति नजिक उनीहरु पुगेका हुन् ।
बुधबार बिहान उक्त सहमतिलाई अन्तिम रूप दिन न्यायाधीशहरु पुनः बैठक बस्ने भएका छन् ।
त्यसपछि शुक्रबारसम्म सर्वोच्च अदालतको ‘फूलकोर्ट’ ले नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने गरी प्रक्रिया मिलाउने तयारी भएको हो ।