महासिमिति सदस्य बास्तोलाका पिताको निधप्रति कांग्रेसद्वारा दु:ख व्यक्त (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता एवं महासिमिति सदस्य शम्भुहरि बास्तोलाका पिता चित्रप्रसाद बाँस्तोलाको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

यही कातिक २८ गते सभापति देउवाको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले बास्तोलाको निधनप्रति दु:ख व्यक्त गरेको हो।

‘नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य शम्भुहरि बास्तोलाका पिता चित्रप्रसाद बास्तोलाको कातिक १६ गते निधन भएकोमा निधनसम्बन्धी कार्यसमितिको यो बैठक गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासमिति सदस्य बास्तोलाका पिता चित्रप्रसाद बास्तोलाको निधन यही कातिक १६ गते सोलुखुम्बुस्थित आफ्नै निवासमा भएको थियो ।
सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायतको उपस्थिति थियो । बैठकमा उनीहरुले आ-आफ्नो धारण व्यक्त गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.